• 011-662914
  • info@Chandeshwori.coop.np

Events

खुल्ला रक्तदान कार्यक्रम सम्पन्न

2024-04-23

बनेपा वडा नं. ८, तिनदोबाटो चोक

मिति ः २०८१÷०१÷११ गते मंगलबार यस चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि.को बार्षिक कार्य योजना अन्र्तगत बनेपा वडा नं. ८, तिनदोबाटो चोकमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ । यस संस्थाको आयोजनामा ने.रे.सोे. रत्तसंचार सेवा काभ्रे शाखाको प्रविधिक सहयोग तथा ब्लड डोनर्स एशोशियसन नेपाल (ब्लोदन) काभ्रे शाखाको बिषेश सहयोगमा सो कार्यक्रम सम्पन्न भएको हो । रगतको अभावले हुने अप्रिय घटनालाई कमी गर्ने उद्धेश्यले सो खुल्ला रक्तदान कार्यक्रम संचालन भएको हो । कार्यक्रम बिहानको १० बजे देखि २ बजे सम्म सुरु भएको थियो । संस्थाका उपाध्यक्ष श्री रमेशकाजी श्रेष्ठ तथा बिभिन्न पदाधिकारी मार्फत रत्तदाताहरुलाई प्रशंसा पत्र तथा फलफुल बितरण गर्न भएको थियो । 
कार्यक्रममा जम्मा २६ जना सर्वसाधारणहरु रत्तदानका लागि उपस्थीती भएता पनी बिभिन्न कारणले जम्मा २१ जना सहभागीहरुले आफ्नो रत्तदान गर्नु भएको थियो । कार्यक्रमको बारेमा आम जनसमुदाय बाट सकारात्मक बिचार प्रस्तुत भएको देखिन्छ । यस प्रकारका कार्यक्रमहरुले समुदायमा सहकारीको सामाजिक दायित्व बहनका बारेमा जानकारी दिन महत्वपुण भुमिका निभाउने देखिन्छ ।